जनमत पार्टीले दल दर्ताको प्रक्रिया सुरु गर्दै

चैत्र ५, २०७५ | काठमाडौं

– सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ । हिजो र अस्ति सिरहाको लाहानमा भएको राष्ट्रिय परिषदको बैठक लगत्तै जनमत पार्टीले दल दर्ता प्रक्रिया सुरु गरेको हो । होली लगत्तै आयोगमा निवेदन दिने सो पार्टीका नेता जयकान्त राउतले जानकारी दिनुभयो । 

सरकारसंग फागुन २४ गते ११ बु“दे सम्झौता गरेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले परिषद बैठकबाट पार्टीको नाम, झण्डा र निर्बाचन चिन्ह तय गरेको थियो । सो दलले अष्टदललाई आफ्नो चुनाव चिन्हको रुपमा प्रयोग गर्ने जनाएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक विधान, घोषणा पत्र, पार्टीको छाप, राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको विवरणसंगै अन्य प्रक्रियाको काम अघि बढेको राउतको भनाई छ । 

होली अगावै आवश्यक गृहकार्य सक्ने र होलीपछि दल दर्ताका लागि आयोगलाई निवेदन दिने सो पार्टीले जनाएको छ । सरकारसंग भएको सम्झौतालाई अक्षरश पालना गर्ने निर्णय गरेको सो दलले पुराना एजेण्डा परित्याग गरि नया“ राजनितिक मार्गचित्र समेत सार्वजनिक गरिसकेको छ । 


प्रतिक्रिया