बारामा विद्यार्थी र प्रहरीबीच झडप, ६ विद्यार्थी र २ प्रहरी घाईते

चैत्र १६, २०७५ | बारा

माध्यमिक शिक्षा परीक्षा एसईईको २१ गतेसम्म हुने परीक्षा स्थगित भएपछि आक्रोशित बनेका विद्यार्थी र प्रहरीबीच बाराको कलैया र जितपुरमा झडप भएको छ । झडपमा परि ६ विद्यार्थी र २ प्रहरी घाईते भएका छन् ।

झडपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक अशोक कुमार कुर्मी र हवल्दार विजय राय यादव घाइते भएका छन् । विरोधमा उक्रिएका विद्यार्थीलाई रोक्ने त्रममा कलैयामा झडप भएको थियो । कलैयाको स्थिति नियन्त्रणमा आएपनि जितपुर भने तनावपूर्ण रहेको सहकर्मी पवन यादवले जनाएका छन् ।

विद्यार्थीको प्रर्दशनमा तीनका अभिभावक र स्थानीयबासी पनि सहभागी भएपछि जितपुरको प्रर्दशनले उग्र रुप लिएको हो । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय जितपुरमा तोडफोड गर्नुका साथै सशस्त्र प्रहरीको गाडीमा आगजनी गरेका छन् ।

जितपुरमा प्रहरीले विद्यार्थीमाथि धरपकड सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको हो । त्यहाँ अहिलेपनि प्रर्दशन जारी छ । प्रहरीले प्रदर्शनमा उत्रिएका मध्ये ४ जनालाई नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया