चन्द समूहका डोल्पा इन्चार्ज खड्का पक्राउ

चैत्र २८, २०७५ | जाजरकोट

प्रहरीले नेत्र वित्रम चन्द समूहका डोल्पा इन्चार्ज बीरबहादुर खड्कालाई जाजरकोटबाट पक्राउ गरेको छ । उनलाई भेरी नगरपालिका ३, थाप्ले खलंगाबाट नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक केशर कार्कीले बताउनुभयो ।

उनी खलंगामा बसेर डोल्पा सहितका जिल्लामा आपराधिक गतिविधिमा संग्लग्न रहेको प्रहरीको दाबी छ । खड्काले लामो समयदेखि खलंगाको थाप्लेमा परिवार सहित होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । 


प्रतिक्रिया