सूर्यलाई अर्घ दिएर चैत छठको समापन (फोटो फिचर)

चैत्र २९, २०७५ | विराटनगर

तराई–मधेसबासीले महानगर विराटनगरको सिंघिया खोला किनारमा शुक्रबार बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएर चैत (चैती) छठको समापन गरेका छन् । व्रतालुहरुले बिहीबार  सा“झ अस्ताइरहेको सूर्यको आराधना गरेका थिए ।

वर्षमा दुई पटक गर्मीमा चैतमा र जाडोमा असोज वा कात्तिकमा षष्ठीको सा“झ एवं सप्तमीको बिहान सम्पूर्ण पूजा सामग्री सहित सूर्यको उपासना गरेर यो लोकपर्व मनाइन्छ । 

जाडो यामको छठ जस्तै चैते छठमा पनि पहिलो दिन नुहाएर खाने (नहा खा) दोस्रो दिन साँझ घरमै पूजा (खरना), तेस्रो दिन साँझ र चौंथो दिन बिहान पायक पर्ने जलाशय किनारमा पुगेर सूर्यलाई अर्घ दिइन्छ । जाडो मौसमको छठ झैं यसमा उति सारो कृत्रिम साजसज्जा नगरी सादगी एवं शालीनताका साथ मनाइन्छ ।

दुई दिवसीय मुख्य धार्मिक अनुष्ठानको अगाडि जलाशय किनारमा घाट बनाइ दिपावली झैं केराको बोटले सिंगारेर दियो बालिन्छ । घरदेखि नदी, खोला र पोखरी किनारसम्म लोक नृत्य, गीत तथा संगीतको रमझम हुन्छ ।

 

ठेकुवा, भुसुवा, खाजा, पुरी, गेडागुडी, उखु, नरिवल र मौसमी फलफुल एवं तरकारी लगायतकै शाकाहारी सामग्री चढाइन्छ । 


प्रतिक्रिया