अज्ञात समूहद्वारा २ वटा गाडीमा आगजनी

वैशाख ५, २०७६ | हेटौंडा

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरका दुई स्थानमा अज्ञात समूहले गएराति गाडीमा आगजनी गरेका छन ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ गोलमोडमा हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको ट्रक रोकेर पाँच जनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी फ्रवक्ता सागर वित्रम राणाले बताउनुभयो ।

यस्तै, थाहा नगरपालिका— ४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने गाडीमा पनि पेट्रोल र्छिर्कएर आगजनी गरेका छन । तीन जनाको समूहले आगजनी गरेर फरार रहेको प्रहरीको भनाई छ ।

 


प्रतिक्रिया