प्रधानमन्त्री ओलीको सुरक्षार्थ ४ सय सुरक्षाकर्मी परिचालन

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | नवलपरासी

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी नवलपरासीको कावासोतीमा स्रुक्षा ब्यवस्था कडा बनाइएको छ । शनिबार दिउँसो कावासोतीस्थित जिल्ला सदरमुकामको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने बिहीबारदेखि नै ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार नै एक विज्ञप्ति मार्फत प्रधानमन्त्री कावासोतीमा आउने कार्यक्रममा नजान सर्वसाधारणलाई अपिल गरेलगत्तै सुरक्षा चुनौती थपिएको विश्लेषण गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रधानमन्त्री कार्यालय र जिल्लास्थित हात्तिखोरमा रहेको सेनाको टोली खटिएको छ ।

प्रधानमन्त्री आउने दिन शनिबार नवलपरासी बन्द गर्ने ब्यापक हल्ला चलाईए पनि चन्द समूहले ‘बन्द नगर्ने’ जनाएको छ । सो समूहले प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा नहुन भन्दै सर्वसाधारणलाई अपिल गरेका थिए । त्यस लगत्तै सत्तारुढ दल नेपका र सुरक्षा निकायको समन्वयमा शिलान्यास समारोहमा सर्बसाधारणको ब्यापक सहभागी गराउने भन्दै आन्तरिक तयारी भईरहेको छ ।

नेकपाले कार्यक्रमै सर्वसाधरणको बाक्लो सहभागिता देखाएर आमसभा समेत गर्न आफना कार्यकर्ता परिचालन गरेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सबै क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।, 

कार्यक्रम स्थलदेखि पश्चिमपट्टी रहेको जंगलमा समेत ब्यापक सेना र शशस्त्र प्रहरी खटाइएको छ । शिलान्यास स्थल वरपर ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको श्रोतको भनाई छ । गत बिहीबारदेखि नै प्रधानमन्त्री कार्यालयबाट सेनाको टोली खटिएको छ ।  

एउटै थलोमा सबै सरकारी कार्यालयको भवन बनाइने भएपछि सर्वसाधारण निकै उत्साहित भएका छन् । ‘एउटै थलोमा अत्यधिक सुविधा सम्पन्न कार्यालय भवनहरु बन्ने भएकाले नेपालकै नमूना हुनेछ र अत्यधुनिक भवनहरु बनाइने भएपछि सर्वसाधारणको ब्यापक सहभागिता रहने ’सांसद तिलक महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पूर्वी नवलपरासी सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर ३ स्थित राममन्दिर चौरमा रहेको १ सय ७९ बिघा २ कठ्ठा क्षेत्रफलमा बनाईने सरकारी कार्यालयहरुको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा संघ र प्रदेशका गरेर ३४ वटा सरकारी कार्यालय एउटै थलोमा लस्करै बन्ने भएको हो । संविधान अनुसार ७७ औ जिल्लाको मान्यता पाएको पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा विगत २ वर्षदेखि ब्यक्तिको घर भाडामा लिएर सरकारी कार्यलय सञ्चालन गरिएको छ । 

कावासोतीमा नगरपालिका वडा नम्बर ३ राममन्दिर क्षेत्रमा रहेको सार्वजनिक जग्गा मध्ये १७९ बिगाह जग्गामा सरकारी कार्यालय ब्यवस्थित गर्ने निर्णय सरकारले गरेर सरकारी कार्यालयको नाममा जग्गाधनी पुर्जा समेत बनिसेको छ । 

प्रधानमन्त्री शाश्वतधाम जाने 

सरकारी कार्यालयको शिलान्यास पछि प्रधानमन्क्री ओली दुम्कौलीस्थित चौधरी हातामा रहेको शास्वतधाम मन्दिर दर्शन अवलोकनका लागि जाने कार्यात्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक, चेतन अधिकारीले प्रधानमन्क्री शास्वतधामस्थित एकामबरेश्वर मन्दिर, बुद्धिष्ट सेन्टर र हिस्ट्री म्यूजियम अवलोकन गर्ने कार्यत्रम रहेको जानकारी दिनुभयो ।

सुरक्षा निकायले प्रधानमन्त्री शाश्वतधाममा आउने भएपछि शाश्वतधाम सर्वसाधारणका लागि प्रवेशमा रोक लगाउने भएको छ । प्रधानमन्त्री हिँड्ने स्थल वरपर सर्वसाधरणको उपस्थिति हुँदा सुरक्षा चुनौती हुन सक्ने भन्दै रोक्ने भएको उच्च सुरक्षा श्रोतले जानकारी दियो ।  


प्रतिक्रिया