ताप्लेजुङमा ३५ दिनमा १२५ थान बन्दुक बरामद 

वैशाख ९, २०७६ | ताप्लेजुङ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३५ दिनमा १ सय २५ थान बन्दुक संकलन गरेको छ । यो १ नम्वर प्रदेशका जिल्लाहरुमा संकलित सबैभन्दा बढी  हतियार हो । प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाका अनुसार १० नाल ब्यारेल सहित अवैध हतियार ८५ नाल बरामद गरिएको छ । 

इजाजत लिएर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली पनि प्रहेरीले संकलन गरेको छ । खोजीकै क्रममा ३ राउण्ड गोली सहित १ थान रिभलवर भेटाएको प्रहरीले जनाएको छ । यो लुकाईछिपाइ राखेको हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

हतियार संकलनका लागि सबै सुरक्षा निकाय सकृय भएको र गाउँका प्रहरीलाइ विशेष परिचालन गरिएको थापाले बताउनुभयो । अधिकांश हतियार भरुवा बन्दुक हुन् । गृह मन्त्रालयले बैशाख ५ गते राति १२ बजेसम्ममा आफूसँग भएको हतियार बुझाउन नागरिकलाई आहृवान गरेको थियो ।

यो अवधिमा हतियार बुझाउनेलाई कुनै कानूनी कारबाही नहुने उल्लेख छ । हतियार संकलनको अवधि सकिएपछि प्रहरीले सोमबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरु, उद्योगी, ब्यापोरी, ब्यवसायी लगायतको उपस्थितिमा संकलन गरिएको हतियार सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३५ दिनमा संकलन गरेको हतियार । सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन नागरिकलाई ३५ दिनको समय दिएको थियो । ताप्लेजुङले एक नम्बर प्रदेसमै सबैभन्दा बढी हतियार संकलन गरेको छ । 


प्रतिक्रिया