सरकारसँग वार्ताको लागि राप्रपा तयार 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

हिन्दू राष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अन्तत सरकारसँगको वार्ताका लागि तयार भएको छ । सरकारले वार्ताका लागि आहृवान गरेपछि राप्रपाले आज वार्ता टोली समेत गठन गरेको छ ।

सरकारसँगको वार्ताका लागि वरिष्ठ नेता दिपक बोहोराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टोलीमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य हुनुहुन्छ ।

हिन्दू राष्ट्रको पुनः स्थापना, राजसंस्था बारे गोलमेच, संघीयताबारे जनमतसंग्रह लगायत २२ बुँदे माग सम्बन्धमा सरकारले वार्तामा आउन गरेको आग्रह सकरात्मक रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइतबार पत्र लेखी वार्तामा आउन राप्रपालाई आग्रह गर्नुभएको थियो । सरकार र राप्रपाबीच भोलि वार्ता हुनेछ । 


प्रतिक्रिया