सबै बिगारेको आईजीपीले हो ? : खनाल

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबै घटनामा आफूलाई दोषारोपण गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा सबैबाट आशा गरिएका व्यक्तिले काम गर्न नसकेको हो भन्ने प्रश्नमा खनालले सबै बिगारेको आईजीपीले हो ? भन्दै प्रति प्रश्न गर्नुभयो ।

जनताले आफूबाट अपेक्षा गर्नु राम्रो भएको भन्दै आईजीपी खनालले काम गरिरहेको दावी गर्नुभयो । उहाँले प्रहरी संगठनभित्र गैरव्यवसायिक चरित्रकालाई कारबाही र आन्तरिक शुद्धिकरणसमेत गरेको बताउनुभयो । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा केही कमजोरी गर्नेलाई कारबाही गरिसकेको बताउदै आईजीपी खनालले अहिले पनि काम भइरहेको र चाँडै परिणाम आउने दावी गर्नुभयो ।

प्रहरी संगठनप्रतिको नकरात्मक धारणालाई शून्यमा झार्ने दावी समेत उहाँको छ । यस्तै, अहिले नयाँ नयाँ प्रविधि र शैलीबाट अपराध हुन थालेको भन्दै आईजीपी खनालले त्यसको अनुसन्धानका लागि स्रोतसाधान प्रर्याप्त नहुँदा समस्या भएको बताउनुभयो ।

 


प्रतिक्रिया