उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई सम्मान

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

- नेपाल प्रहरीको बेरुजु फर्छ्यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदनकुमार थापा, प्रहरी निरीक्षकहरु मातृकाप्रसाद गुरागाई, सुमनकुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल छन् । उत्कृष्ट कामको संगठन भित्र उच्च कदर हुने उल्लेख गर्दै आईजीपी खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्न निर्देशन दिनुभयो ।

आर्थिक बर्ष २०७३/०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५ दशमल १४ प्रतिशत बेरुजु फर्छ्यौट भएको छ । गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमध्ये बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि मन्त्रीस्तर निर्णय अनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो । यही वैशाख ५ गते गृह मन्त्रालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्ममान गरेको थियो ।


प्रतिक्रिया