स्याङ्जामा गरीब परिवार छुट्याइदै

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | स्याङ्जा

– सरकारले थप १२ जिल्लामा गरिब परिचयपत्र वितरणको तयारी थालेको छ । यसअघि २६ जिल्लामा गरिब परिवार पहिचान गरिसकेको सरकारले यसपटक स्याङ्जाबाट परिचयपत्र वितरण गरिने जनाएको छ । यो चरणमा स्याङ्जा, ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा, लमजुङ, बाँके, दैलेख, दार्चुला, डडेल्धुरा र म्याग्दी जिल्लाका गरीब पहिचान गरि अति, मध्यम र सामान्य गरिब परिचयपत्र वितरण गरिने भुमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभयो ।

देशभर ५१ जिल्लामा गरिब परिवार पहिचानको कार्यक्रम रहेकाले यसबर्ष थप १२ जिल्लामा गरिब पहिचान गरि र ४५ सय जनालाई रोजगारी दिईने लक्ष्य रहेको उहा“को भनाई छ । थप जिल्लाहरुमा गरिबी पहिचानको सर्वेक्षणमा स्थानीय तहलाई जिम्मा दिईएको र बजेट फ्रिज नहुने गरी कार्यसञ्चालन खातामा पठाउन पहल सुरु भईसकेको मन्त्री अर्यालले बताउनुभयो ।

गतबर्षको सर्वेक्षणमा ३ लाख ९१ हजार ८ सय ३१ व्यक्ति गरिबको सूचीमा परेका थिए । यसमा १ लाख ८८ हजार २ सय २६ जना अति गरिबमा सूचीकृत भएपनि तीमध्ये १२ प्रतिशतले मात्रै गरिबी परिचयपत्र पाएका छन् । यस्तो समस्या समाधान गर्न र सबैलाई समेट्न सरकारले एक घर एक सहकारी सदस्य कार्यक्रम लागु गर्ने र गुणस्तर र सुशासन पहिचान गरी उत्पादनमा जोड्ने मन्त्री अर्यालको भनाई छ । 

 


प्रतिक्रिया