डडेलधुरामा सवारी दुर्घटनामा परी ५ को मृत्यु

वैशाख ११, २०७६ | डडेलधुरा

डडेलधुराको साहु खर्कमा यात्रुबहाक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते  भएको भनिएपनि संख्या एकीन हुन सकेको छैन । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको बस बिहान ५ बजे दुर्घटनामा परेको हो ।

बसमा ५० जना सवार रहेको भनिएपनि एकीन तथ्याङ्क आइनसकेको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया