अत्यधिक भारका कारण दुर्घटना, ५ को मृत्यु

वैशाख ११, २०७६ |  डडेलधुरा

डडेलधुराको गन्यापधुरा गाउ“पालिका साहुखर्कमा दुर्घटना भएको यात्रुबाहक बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । क्षमता भन्दा बढी यात्रु बोकेकाले बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसधानमा देखिएको छ ।

३२ जना भार क्षमता भएको ना ६ ख १८३१ नम्बरको यात्रु बस ५० बढी यात्रु र सामान बोकेर धनगढीबाट बझांङ् जाँदै थियो । बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बझाङ् तल्कोटका धनबहादुर घर्ती र कलशी देवी गुरुधामी, केदारसिंह गाउँपालिकाका नरेन्द्र गुरुधामी र हरुली बोहरा तथा भारत बिहारका २५ वर्षीय मोहम्मद नसीरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रफिक प्रहरी प्रमुख कृष्ण किरण चन्दका अनुसार अत्यधिक भारका कारण दुर्घटना भएको हो । घाइते ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका ५ जनालाई माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ बा“की २९ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया