वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३०, २०७६ | काठमाडौं

वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गर्नु भएको छ । बाबु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ बैशाखमा पाटनको बखुम्बहालमा उहाँको जन्म भएको हो ।

संस्कृतिविद एवं साहित्यकार जोशीले त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गर्नुभयो । जोशीले लोक संस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ मा नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको छ ।

उहाँले वि.सं. २०१३ मा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गर्नु भयो । वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक समेत हुनु भएको थियो । वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गर्नुभयो जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

सरकारले पनि उज्जवल कीर्तिमान राष्ट्र दीपले उहाँलाई सम्मानित गरेको छ । तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । 


प्रतिक्रिया