अस्पतालभित्रका निजी फार्मेसी बन्द गर्न निर्देशन

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६ | धनगढी 

- सुदुरपश्चिम सरकारले सेती अञ्चल अस्पतालको हाताभित्र सञ्चालनमा रहेका निजी फार्मेसीहरुलाई तत्काल हटाउन निर्देशन दिएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले अस्पतालमा आज आकस्मिक अनुगमन गरेको थियो ।

अस्पताल प्रशासनसंग भएको छलफल पछि मन्त्री सुवेदीले नीजि फार्मेसीहरुलाई हटाउन निर्देशन दिनुभएको हो । अनुगमनका क्रममा मन्त्री सुवेदीले स्वास्थ्य सेवाको गुणस्तरबारे समेम जानकारी लिनुभयो ।  अस्पताललाई ब्यवस्थित गर्दै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने आर्थिक सहयोग गर्न समेत मन्त्रालय तयार रहेको सुवेदीको भनाई छ  । 

  

 


प्रतिक्रिया