विराटनगर चक्रपथ निर्माणमा विलम्व

जेष्ठ २, २०७६ | विराटनगर,

दुई दशकअघि निर्माण सुरु भएको विराटनगर चक्रपथको काम अझै पूरा हुन सकेको छैन । ४२ किलोमिटर दूरीको विराटनगर चक्रपथको मुआब्जा विवादका कारण अझै ८ किलोमिटर दूरीमा ट्रयाक खोल्न बाँकी छ ।

सहरी विकास तथा भवन कार्यालय प्रदेश १ कार्यालयका अनुसार सडक पर्ने केही स्थानमा स्थानीय बासिन्दाको जग्गाको मुआब्जा विवाद सुल्झाउन बाँकी रहेकाले निर्माणको काम प्रभावित भएको हो ।

समस्या समाधान गरी निर्माण कार्यलाई निरन्तरता दिनका लागि स्थानीय बासिन्दासँग छलफल भइरहेको सो कार्यालयले जनाएको छ । चक्रपथ अन्तर्गत कटहरी, रानी क्षेत्र नजिक र झोराहाट क्षेत्रमा ट्रयाक खोल्ने काम रोकिएको छ । 


प्रतिक्रिया