सञ्चार विधेयक पास हुन दिदैनौँ : देउवा

जेष्ठ ४, २०७६ | विराटनगर

- कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसदमा पास हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताउनुभएको हो ।

प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई कमजोर बनाउने सरकारको खेलको कांग्रेसले कडा प्रतिवाद गर्ने उहाँले बताउनुभयो । सदन घेराउ गरेर विधेयक पास हुन नदिने देउवाको भनाइ थियो । पत्रकारहरु स्वयम्ले पनि जे पायो त्यही लेख्न नचाहने बताउँदै उहाँले जे पायो त्यही लेख्ने पत्रकार आफैं समाजमा कमजोर बन्दै जाने उल्लेख गर्नुभयो ।  नियमन गर्न सकिने विषयमा संविधानको विपरित गएर प्रेसलाई अंकुश लगाउने कानुन निर्माण गर्नु गलत हुने नेता देउवाको भनाई थियो ।  

 


प्रतिक्रिया