रोजगारीका लागि त्रिपक्षीय सम्झौता

जेष्ठ ५, २०७६ | विराटनगर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रदेश १ सरकारबीच रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्क्री रोजगार कार्यत्रम अन्तर्गत मन्त्रालय र प्रदेश सरकार तथा १ सय ३७ स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अब कोही पनि बेरोजगार भएर बस्न नपर्ने बताउनुभयो । उहाँले चालू आर्थिक वर्ष देखि सरकारले बेरोजगारलाई एक महिनाको रोजगारी दिने बताउनुभयो ।

स्थानीय तहस्थित रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी दिन नसकिए सरकारले आधा महिनाको जीवन निर्वाह भत्ता उपलब्ध गराउने उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया