कामीरिता २४ औं पटक सगरमाथाको शिखरमा

जेष्ठ ७, २०७६ | सोलुखुम्बु

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । आज बिहान सगरमाथाको शिखरमा पाइला टेक्दै कामीरिताले एकै सिजन दुई पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार, आज बिहान ६ बजेर ३८ मिनेटमा कामीरिताले सर्वोच्च शिखरको सफल आरोहण गर्नुभएको हो ।

गत बुधबार मात्र कीर्तिमानी कामीरिताले २३ औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य सगरमाथाको २५ औं पटक सफल आरोहण गर्नेछ । जुन अर्को वर्षमात्र सम्भव हुनेछ । 

 


प्रतिक्रिया