चन्द कार्यकर्तामाथि गोली प्रहार

जेष्ठ ७, २०७६ | बिराटनगर

- भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ स्थित धोत्लेखानीमा नेक्रवित्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि चन्द कार्यकर्ताले गोली हान्न खोजेपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर जंगलमा लुकेर बसेका चन्द समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।

भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजबंशीका अनुसार जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा बसेर चन्दका कार्यकर्ताले स्थानीय बासिन्दामा त्रास फैलाएको भन्ने सूचनाका आधारमा निगरानी गर्न गस्ती गरिएको थियो । फायरिङपछि अन्य भने भागेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया