४७ वटा नयाँ सडक योजनाको काम सुरु 

जेष्ठ ८, २०७६ | विराटनगर

मोरङ र सुनसरीमा ४७ वटा नयाँ सडक विस्तार योजनाको काम सुरु भएको छ । तराई–मधेसका दक्षिणी क्षेत्रलाई उत्तरको पूर्व पश्चिम राष्ट्रिय राजमार्गसँग जोड्न मोरङ र सुनसरीमा नयाँ सडक योजनाको काम सुरु भएको हो ।

तराई–मधेस विशेष पूर्वाधार कार्यक्रम अन्तर्गत दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न थप सडक निर्माण र स्तरोन्नतिका लागि काम हुने भएको हो । गत आर्थिक वर्षमा ९ वटा सडकका लागि सम्झौता भइ काम भइरहेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षदेखि ती आयोजनालाई तराई–मधेस विशेष पूर्वाधार सडक कार्यक्रम अन्तर्गत राखिएको छ ।


प्रतिक्रिया