प्रदेश १ मा विनियोजन विधेयक पेस

जेष्ठ १३, २०७६ | काठमाडौं

- प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन आज शुरू भएको छ । आजको वैठकमा आर्थिक मामिला तथा योजना मन्क्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यत्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू सहितको पूर्व बजेट प्रस्ताव प्रस्तुत गर्नुभयो ।

५५ बुँदासहित आठ पेजमा समेटिएको प्रस्ताबमा पूँजीगत खर्च जेठ मसान्तभित्र खर्च गरिसक्ने व्यबस्था मिलाउने उल्लेख छ । केबुलकार निर्माण र कोशीमा जल यातायात सञ्चालनलाई प्राथमिकता दिने प्रस्तावमा उल्लेख छ । प्रादेशिक विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय स्थापना गर्नेदेखि बन्द हडताल, कार्टेलिङ र सिण्डिकेटलाई निरूत्साहित गर्ने कुरा प्रस्ताबमा राखिएको छ ।

आजको  बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले पछिल्लो समयमा एक नम्बर प्रदेशमा भएका घटनाको निश्पक्ष छानबीन गरी सत्य तथ्य बाहिर ल्याएर दोषिलाई कारबाही गर्न माग गरेका छन् । बेलबारीमा भएका शृंखलावद्ध हत्या घटना र पाँचथरको मिक्लाजुङमा भएको दुई परिवारको ९ जनाको हत्या घटनाको छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रदेशसभा सदस्यले माग गरेका हुन् । 

 


प्रतिक्रिया