शौचालयको सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु 

जेष्ठ २८, २०७६ | दार्चुला

- दार्चुला नौगाड गाउपालिका ४ सिप्टीस्थित गणेश विनायक माध्यमिक विद्यालयको सेप्टी ट्याङ्कीमा पुरिएर ४ जना बालबालिकाको मृत्यु भएको छ । 

४/५ बर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङकी माथि माटो थुपारेर राखेको ती बालबालिकाहरुले थाहा नपाई खेलिरहेको अवस्थामा भार थेग्न नसकेर सेप्टी ट्याङकीभित्र पुरिएर मृत्यु भएको सिप्टी प्रहरी चौकीले जनाएको छ । 

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा अन्दाजी ५ देखि १० वर्ष उमेरका बालबालिकाको मृत्यु भएको हो । सिप्टी चौकीका इन्चार्ज देवदत्त भट्टका अनुसार ज्यान गुमाउनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ८/९ बर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्ना रहेको जानकारी दिनुभयो । 

बालबालिका खसेको जानकारी पाएको एक घण्टाभित्र उद्धारका लागि प्रहरी र स्थानीय खटिएपनि ३ घण्टा बढी समयपछि उद्धार गर्दा चारै जनाको ज्यान गईसकेको फेला परेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया