महालक्ष्मी नगरपालिकाले दियो १०८ युवालाई रोजगारी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | धनकुटा

धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यत्रम अन्तर्गत १०८ बेरोजगार युवालाई रोजगार प्रदान गरिएको छ । आगामी ३० दिनका लागि उनीहरुलाई नगर ९ वटा आयोजनाका काममा परिचालन गरिएको नगरपालिकाका प्रमुख पर्शुराज नेपालले जानकारी दिनुभयो ।

नगरमा हिजोदेखि औपचारिक रुपमा सुरु गरिएको कार्यक्रम अन्तर्गत परिचालित श्रमिकलाई मासिक १६ हजार ५ सय पारिश्रमिक उपलब्ध गराइने प्रधानमन्क्री रोजगार कार्यत्रमका शाखा अधिकृत गौरब कार्कीले बताउनुभयो । पहिलो चरणमा नगरलाई हरियाली बनाउन वृक्षारोपण तथा सरसफाइको कार्य समेत गरिने कार्कीले जानकारी दिनुभयो ।

सरकारले यस अघि १ सय दिनको रोजगार दिने भनिएपनि हाललाई ३० दिन मात्र रोजगार दिइएको छ । नयाँ आर्थिक वर्षसँगै थफ कार्यक्रम अघि सारिने जनाईएको छ । सो कार्यत्रमका लागि महालक्ष्मी नगरपालिकामा २६ लाख रुपैयाँ बजेट उपलब्ध भएको छ । 


प्रतिक्रिया