राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुवाईदिन्छु भनेर ठगी गर्ने पक्राउ

जेष्ठ २९, २०७६ | मकवानपुर

- राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदमा जागिर खुवाईदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ । आफुलाई राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउँदै ठगी गरेको आरोपमा बाराका २८ वर्षीय सुवास साहलाई जिल्ला प्रहरी कार्यालयको टोलीले हेटौंडा उपमहानगरपालिका–१० बाट पक्राउ गरेको हो ।

५ लाख रुपैयाँ दिए अनुसन्धान सहायक पदमा जागिर लगाई दिन्छु भनि फारम भराई रहेको अवस्थामा साहलाई पक्राउ गरिएको एसपी मुकेशकुमार सिहंले बताउनुभयो । 

 


प्रतिक्रिया