रामेछापको दोरम्बामा बस दुर्घटना हुँदा २ को मृत्यु 

जेष्ठ ३१, २०७६ | रामेछाप

रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २० जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट रामेछापको लखनपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरीबहादुर कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराईका अनुसार दुर्घटनामा घाइते दुबै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बा २ ख ७२४२ नम्बरको बस लखनपुरस्थित बराको रुख घुम्तीबाट करीब २ सय मिटर तल खसेर थियो । दुर्घटना पछि बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया