गर्मीका कारण चितवनका ६ स्थानीय तहमा स्कूल बिदा

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | चितवन

गर्मी बढेसँगै चितवनका सात मध्ये ६ वटा स्थानीय तहले तीन दिन स्कूल बिदा दिएका छन् । भरतपुर महानगरपालिका सहित राप्ती, खैरहनी, कालिका, रत्ननगर र माडी नगरपालिकामा पर्सि सम्मका लागि सबै स्कूल बन्द गरिएको हो ।

पहाडी क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाले भने बिदा दिएको छैन । गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले पहाडी क्षेत्र भएका कारण गर्मीको चर्को समस्या नभएको बताउनुभयो । सो गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा जेठको अन्तिम सातादेखि चर्को गर्मी सुरु भएको थियो ।

गर्मी अत्याधिक बढेका कारण वर्षे बिदाबाट कटौती हुने गरी बिदा दिएको स्थानीय तहले जनाएका छन् । 

चितवनमा पछिल्ला दिनमा तापक्रम ३८ डिग्री सेल्सियस हाराहारीमा पुगेको छ । 


प्रतिक्रिया