बारेकोट गाउँपालिकाको कार्यालयमा सुतली बम

असार १०, २०७६ | जाजरकोट

जाजरकोटको बारेकोट गाउँपालिकाको कार्यालय लिम्सामा सुतली बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको मुल ढोकामा गएराति सो शंकास्पद वस्तुका साथै पर्चा समेत राखेको लेखापाल राजबहादुर सिंहले बताउनुभयो ।

लिम्सामा फोनको नेटवर्क नहुँदा प्रहरी लगायतलाई खबर गर्न समस्या भएको उहाँले बताउनुभयो । कार्यालय बाहिर राखेको शंकास्पद वस्तु के हो भनेर पुष्टि हुन नसकेको सिंहले बताउनुभयो । कार्यालयमा बम जस्तो देखिने शंकास्पद वस्तु राखेपछि कर्मचारी तथा सेवाग्राही आतंकित बनेका छन् । 

 


प्रतिक्रिया