घुस रकम सहित बाराबाट ३ कर्मचारी पक्राउ

असार २४, २०७६ | सिमरा

सेवाग्राहीबाट लिएको घुस रकम सहित बाराको पचरौता नगरपालिका एक ईन्जिनियर सहित ३ जना कर्मचारीलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट खटिएको टोलीले पचरौता नगरपालिकाका ईन्जिनियर रामप्रकाश सतरा, सोही नगरपालिका नायब सुब्बा बद्री बहादुर थापा र कार्यालय सहयोगी ध्रुब महतोलाई घुस सहित पक्राउ गरेको हो ।

स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुरको कम्पाउण्ड निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीको लागि सिफरिस गर्न सेवाग्राहीबाट लिएको नगद १५ हजार रुपैयाँ सहित इन्जिनियर र कार्यालय सहयोगीलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

यस्तै, सोही नगरफालिकामा सञ्चालित महिला सशक्तीकरण कार्यत्रम सम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानी सिफारिस गर्न सेवाग्राहीबाट १४ हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा नासु बद्री बहादुर थापालाई आयोगको टोलीले पक्राउ गरेको हो । 


प्रतिक्रिया