ओखलढुंगामा बस दुर्घटना तीन जनाको मृत्यु

असार २५, २०७६ | ओखलढुंगा

- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६, डडुवामा आज बिहान बस दुघर्टना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् ।

 काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब सााढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको हो । बसमा सवार अन्य १७ जना घाइते छन् ।

गम्भीर घाइते चारजनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले बताउनुभयो । अन्य घाइतेहरुको उदयपुर घुर्मीस्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ । 

 


प्रतिक्रिया