दुई खोलाको भागालोमा १० जना अलपत्र

असार २८, २०७६ | विराटनगर

उदयपुरको चौदण्डीमा खोलाको भंगालोको बीचमा १० जना अलपत्र परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित कालीखोला र लामा खोलाको दोभान नजिक सञ्चालित क्रसरमा काम गर्ने मजदुर अलपत्र परेका हुन् ।

प्रहरीका अनुसार सो क्रसर उद्योगका सुरक्षा गार्ड बेपत्ता भएका छन् । भंगालोका बीचमा फसेका केही भारतीय सहित १० जना कामदार अलपत्र परेका छन् । खोलामा उर्लेको बाढीका कारण उनीहरु सुरक्षित स्थानसम्म जान सकेका छैनन् ।

स्थानीय बासिन्दा समेतको सहयोगमा प्रहरीले अलपत्र परेकाहरुको उद्धार गर्ने प्रयास भइरहेको जनाएको छ । केही दिनयता भएको अबिरल वर्षाका कारण काली र लामा खोलामा उर्लेको बाढीका कारण आसपास क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । 


प्रतिक्रिया