पहिरोका कारण केरुङ मार्ग अवरुद्ध

श्रावण ११, २०७६ | रसुवा

अविरल वर्षा पछि आएको पहिरोका कारण रसुवाको स्याफ्रुबेसी–केरुङ नाका जाने सडक अवरुद्ध भएको छ । टिमुरे र तातोपानी डाँडामा गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि मालसामान बोकेका दजनौं कन्टेनर बीच बाटोमा अपलत्र परेका छन् । सान्जेन जलविदूत आयोजनाबाट डोजर मगाएर पहिरो पन्छ्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया