कृषकलाई प्रोत्साहनस्वरुप ७ लाख  हस्तान्तरण

रेडियो कान्तिपुर संवाददाता

श्रावण १६, २०७६ | धनकुटा

- धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाका ६ सय ५७ कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ प्रदान गरिएको छ । उल्लेखनिय रुपमा  मटरकोसा उत्पादन गरेको भन्द प्रोत्साहन स्वरुप सो रकम प्रदान गरिएको तरकारी जोन प्रमुख देवेन्द्र साहुले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन सिधुवाले कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गरिएको उहाँको भनाई छ । मटरकोसा उत्पादक कृषकले यस वर्ष १० प्रतिशतले उत्पादन वृद्धि गरेका थिए ।   


प्रतिक्रिया