नेपालगञ्जमा एक दर्जनभन्दा बढी फर्निचर उद्योगमा आगालगी

श्रावण २४, २०७६ | बाँके

बाँके - नेपालगञ्जको बी.पी चोक नजिकै रहेको एक दर्जनभन्दा बढी फर्निचर उद्योग आगालगीले सखाप भएका छन् । राति ११ बजे सल्किएको आगो बिहान ४ बजे निभाइएको थियो । बर्दियाको गुलरिया, कोहलपुर र नेपालगञ्ज विमानस्थलबाट खटिएको दकमलले आगो निभाएका थिए । विद्युत सर्ट भइ आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ । आगालागीमा १० करोड  भन्दा बढीको क्षति भएको हुनसक्ने बाँकेका एस.पी बीर बहादुर ओलीले बताउनुभयो । 

आगो सल्किए लगत्तै नेपालगञ्ज उपमहानगरको दमकललाई खबर गरेपनि नआएपछि अन्यत्र गुहारिएको थियो । आगो निभाउन सेना, प्रहरी र स्थानीय समेत खटेका थिए । 


प्रतिक्रिया