मालपोतसँगको मिलोमतोमा ६३ लाख ठगी

श्रावण ३०, २०७६ | धादिङ

मालपोत कार्यालय धादिङसँगको मिलोमतोमा लालपुर्जामा जग्गाको क्षेत्रफल बढाई प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनासँग ६३ लाख रुपैयाँ ठगी गरेको पाईएको छ । धादिङको साविकको बुढाथुम गाविस, ९, हाल गंगाजमुना–७, निवासी होमनाथ पौडेलले स्थानीय प्रशाासनले निकालेको सूचनाको दुरुपयोग गरी लालर्जामा जग्गाको क्षेत्रफल बढाएका थिए ।

आयोजनाले डुबानमा पार्ने जग्गा को लालपुर्जा सहित स्थानीय प्रशासनमा मुआब्जा दाबी गर्ने सूचना प्रकासित भएलगत्तै तत्कालीन सेवानिवृत्त हुन लागेका मालपोत अधिकृत रेवती प्रसाद ढकालसँगको मिलोमतोमा २ रोपनी क्षेत्रफल मात्रै भएको आफनो लालपुर्जामा ११ रोपनी भन्दा बढी देखाई ७५ लाख रकम मुआब्जा बुझेको पाईएको छ । तत्कालीन बुढाथुम ७ को नापी स्थित नक्सा नम्बर, नक्सा सिट नम्बर ९ क अनुसार २०७३ बैशाख १३ गते नयाँ लालपुर्जा जारी गरी पौडेलले लिएका थिए । बैशाख १३ गते लालपुर्जा जारी गरी  मालपोत अधिकृत ढकाल बैशाख २० गतेनै जिल्लाबाटै सेवानिवृत्त भई बिदा भएका थिए । 

पौडेलको सो लालपुर्जामा कित्ता नं ५८ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–१२–२–१ रहेको तर, नयाँ लालपुर्जामा बढेर आएको ६ रोपनी ६ आना, कित्ता नं ५९ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–११–०–०  रहेको थियो । तर, नयाँ लालपुर्जामा बढेर आएको ४ रोपनी ६ आना र कित्ता नं १४० फिल्ड बुक र नयाँ लालपुर्जा दुबैमा ०–९–२–१ एउटै क्षेत्रफल कायम भएको देखिएको छ । जम्मा २–३–०–२ को १४ लाख ८५ हजार मात्र मुआब्जा पउनुपर्नेमा ११ रोपनी क्षेत्रफलको कुल ७५ लाख (कर कट्टा पछि) बुझेको पाईएको छ ।

फिल्डबुक प्वाल पारेर नबुझिने बनाई लालपुर्जामा क्षेत्रफल बढाईएको पाईएको आयोजनाका संयोजक कृष्ण बहादुर कार्कीले बताउनुभयो । आयोजना प्रमुख कार्कीका अनुसार पौडेललाई लालपुर्जा अनुसार बढी रकम गएको पत्तो पाएर गल्ती ढाकछोप गर्न साउन ७ गते आयोजनालाई पत्राचार गरी बढी रकम फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ । 

सो लालपुर्जाको जग्गा ४ भाग विभाजन गर्नु पर्नेमा बढी रकम ल्याएर अरु अंशियारलाई नदिएर पौडेलले एक्लैले लुकाउन खोजेपछि यो घटना भण्डाफोर भएको हो । अरु अंशियारले बढी रकम लिएर काठमाण्डौंको चन्द्रागिरी ६ मच्छेगाउँमा घर निर्माण गर्न लागेकोले बढी रकम असूल गर्न स्थानीय प्रशासनमा निवेदन दिएका थिए । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले सो निवेदन पछि रकम फिर्ता गर्न पौडेललाई पत्राचार गरिएको बताउनुभयो । एक वर्ष अघि पनि २ जना व्यक्तिहरुसँग आयोजनाको करीब १ करोड रुपैयाँ बढी गएपछि असूल गर्न हम्मे परेको थियो । 


प्रतिक्रिया