हेटौंडाको नेवारपानीमा बस दुर्घटना, एकको मृत्यु, १५ घाइते

श्रावण ३१, २०७६ | हेटौंडा

- पुर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिकाको नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ  । १५ जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित भएर पल्टदा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका ५ का ५८ वर्षिय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह जानकारी दिनुभयो ।

घाइतेहरु मध्ये ४ जनाको चितवनको भरतपुर अस्पतालमा र ३  जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । अन्य सात जना उपचारपछि घर फर्किएका छन् ।  

 


प्रतिक्रिया