भोटेकोशी नदीको पुल बगायो

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | रसुवा

- रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ । रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो । भन्सारको यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँ पार्किङ गरिएका सवारीका साधन सारिएको छ । 

यार्डभन्दा पारि रहेको बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । खाल्डे बगरका बस्तीका सर्वसाधारणलाई प्रहरीमार्फत सुरक्षित स्थानमा बस्न तथा नदी आसपास हिँडडुल नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

 


प्रतिक्रिया