अरुणखोलामा डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग ठप्प, यात्रु अलपत्र

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ |  नवलपरासी

- पुर्वी नवलपरासीस्थित पुर्व पश्चिम राजमार्गको अरुणखोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन सडक पनि  बाढीले बगाएपछि सवारी आवातजावत ठप्प भएको छ । हिजो साँझ ५ बजेपछि लगातारको वर्षातका कारण अरुणखोलामा आएको बाढीले  डाइभर्सन सडक बगाएपछि सो सडककखण्ड अवरुद्ध भएको हो ।

यातायात अवरुद्ध भएपछि पुर्वपश्चिम राजमार्ग  हुँदै  पुर्व  पश्चिम  हिँडेका  यात्रु  अरुणखोला नजिक जंगलमा   अलपत्र   परेको    हाम्रा  सहकर्मी  नारायण  शर्माले जनाएका छन् । 


प्रतिक्रिया