प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा साझा धारणा बनाएर दलहरुबीचको राष्ट्रिय एकता कायम गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा साझ ५ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई बोलाइएको छ । बैठकमा खासगरी संक्रमणकालिन न्याय निरुपण सम्बन्धी अल्झिएको विषयमा दलहरुको सहमति खोजिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिनुभयो । सत्य निरुपण तथा मेलमिलाम र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग फागुन देखि पदाधिकारीविहिन छ । 

प्रतिनिधिसभामा गत आइतबार बिशेष सम्बोधन गरेका प्रधानमन्त्री ओलीले त्यसको २ दिनपछि नै संसदमा रहेका सबै दलस“ग राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्न लाग्नुभएको हो । 


प्रतिक्रिया