५ करोडको ‘कोकिन’सहित विदेशी नागरिक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले करिब ५ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिकलाई काठमाडौबाट पक्राउ गरेको छ ।

आइभेरीकोस्टका ३५ वर्षीय मार्सेल गुलीलाई ब्यूरोको टोलीले हिजो साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनको साथबाट १ किलो ६ सय  ग्राम कोकिन बरामद भएको ब्यूरोले जनाएको छ । सो कोकिनको बजार मूल्य ४ करोड ८० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

सो परिमाणको कोकिन नेपाल हुँदै भारत जान लागेको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले जानकारी दिनुभयो । पक्राउ गरेका मार्सेल गुली कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं आएका हुन् ।


प्रतिक्रिया