ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ घाईते

भाद्र १७, २०७६ | रामेछाप

रामेछापको मन्थली नगरपालिका २ बान्द्रेमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाईते भएका छन् । मन्थलीबाट सिमेन्ट लिएर फुलासी तर्फ जाँदै गरेको ना ६ त ६३०१ नम्बरको ट्याक्टर सडकबाट झरेको थियो ।

दुर्घटनामा परी मन्थली नगरपालिका १ घर भएका चालक ध्रुव रोकाको मृत्यु भएको हो । दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घाईते अन्य दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया