खाँडादेवी दर्शन अब केवलकारबाट 

भाद्र १९, २०७६ | रामेछाप

प्रदेश ३ सरकारले सिन्धुलीको रातामाटा देखि रामेछापको खाँडादेवी हुँदै शैलुङ्गको थुम्का सम्म केवलकार निर्माणको योजना अघि सारेको छ । खाँडादेवी मन्दिर सम्म केवलकारको सञ्चालनका लागि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण थालेको छ ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सिन्धुलीको रातामाटा देखि खाँडादेवी हुँदै शैलुङ्गको थुम्का सम्म केवलकार निर्माणको योजना तयार पारेको बताउनुभयो । सो योजना कार्यान्वयनका लागि करीब ४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

खाँडादेवी गाउँपालिकाले समेत केवलकार निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । पुरातत्व विभागले खाँडादेवीको मन्दिर जीर्णोद्धार सम्पन्न गरेको छ । अन्य निर्माण कार्यको गुरुयोजना तयार भएकोले सोही बमोजिमको काम भईरहेको छ । 


प्रतिक्रिया