पहिरोले पुरिएर आमा छोराको मृत्यु

भाद्र २७, २०७६ | रोल्पा

रोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित एक घर पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ । गएराति सहिद मार्ग अन्तर्गत घर्तीगाउँ–थबाङ खण्डको छेर्लोबाङमा पहिरोले घर पुरिएर २८ वर्षीया शीरकुमारी बुढामगर र उनका छोरा ४ वर्षीय छोरा असलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा आमा छोराको शव फेला परेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । उद्धारका लागि थप प्रहरी र स्थानीयलाई परिचालन गरिएको उहाँले बताउनुभयो । तीन दिनदेखि भारी वर्ष भईरहेकाले निर्माणाधीन सहिद मार्गबाट पहिरोले झरेर घर पुरेको हो ।

पुरिएको घरभित्र ६ जना रहेको आशंका प्रहरीको छ । अन्यको खोजी जारी रहेको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायक उपरिक्षण चित्र गुरुङले बताउनुभयो । ठूलो पहिरो र लेदो बगेर घर पुरिएकाले उद्धारमा कठीनाई भएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीमगरले बताउनुभयो । 


प्रतिक्रिया