दशैं, तिहार र छठ पर्वको अवसरमा हवाई टिकेटमा छुट 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- वायुसेवा कम्पनीहरुले आसन्न दशैं, तिहार र छठ पर्वको अवसरमा हवाई टिकेटमा छुट दिने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालको आज बसेको बैठकले सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाटै टिकेट खरिद गर्दा सामान्य भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

छुट दिने समयावधी असोज १२ गतेदेखि कार्तिक १७ गतेसम्मको हुने संघले जनाएको छ । नियमित उडान सञ्चालन गर्ने संघका सदस्य वायुसेवा कम्पनीले विमानस्थल कर र इन्धनको मुल्यमा वाहेकको रकममा १० प्रतिशत छुट दिन लागेको अध्यक्ष रामेश्वर थापाले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया