पाल्पामा जिप दुर्घटनामा परी एकको मृत्यु

आश्विन ४, २०७६ | पाल्पा

पाल्पाको जुठापौवामा भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । रैनादेवीछहरा गाउँपालिका वडा नम्बर ६ को अरखोर भन्ने स्थानमा दुर्घटनामा परी ५० वर्षीय झै बहादुर रेश्मीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार सत्यवतीबाट केलाटारका लागि छुटेको ग २ च २७१७ नम्बरको जिप अनियन्त्रित भई बाटो देखि ५० मिटर तल खसेको छ । चालक सहित घाईते २ जनाको उपचार भइरहेको छ । घटना बारेमा अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया