गैंडाको संख्या बढेपनि अवस्था अझै खतरायुक्त 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- मुलुकमा गैंडाको संख्या बढेपनि अवस्था अझै खतरामुक्त भने भईनसकेको सरोकारवालाले बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय पहिचानसँगै जोडिएको गैंडाको अवस्था संवेदनशील  नै रहेको उनीहरुको भनाई छ ।

गैडा संरक्षण अझै पनि चुनौतीपुर्ण बन्नुलाई बासस्थान विनासको कारण मुख्य मानिएको छ । नेपाल र भारतका केही संरक्षित क्षेत्रमा सीमित गैंडाको दिर्घकालीन अस्तित्व खतरामा रहेको संरक्षणकर्मी बताउँछन् ।

वन विनाश तथा वासस्थानमा आएको कमी, सिमसार क्षेत्र प्रदुषण, गैंडाको संरक्षणका लागि चुनौती मानिएको छ । ४ वटा संरक्षित क्षेत्रहरु चितवन, वर्दिया, शुक्लाफाँटा तथा पर्सा निकुञ्ज र ती आसपासका वन क्षेत्रहरुमा ६ सय ४५ को संख्यामा गैंडाहरु संरक्षित छन् ।

गैडा संरक्षणप्रति जनचेतना जगाउने उद्धेश्य सहित विश्व गैंडा दिवस आज मनाइदैछ । 


प्रतिक्रिया