दशैंका लागि टिकट बुकिङ खुला 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- दशैंका लागि आजबाट टिकट बुकिङ खुला गरिएको छ । काठमाडौंको गौशाला, नयाँ बसपार्क, चाबाहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा लगायतका स्थानमा टिकट वुकिङको ब्यवस्था गरिएको छ ।

यात्रुको सहजता र ठगीबाट बचाउन टिकट बुकिङ स्थलमा ट्राफिक प्रहरी, सरकारी कर्मचारी एवं उपभोक्ता समाजका प्रतिनिधि रहेको नागरिक सहायता कक्ष समेत स्थापना गरिएको छ । 

यातायात व्यवसायीले यात्रुसंग भाडा बढाएर लिन नपाउने यसअघि सहमती भईसकेको छ ।

सवारी साधनको भाडा दर समते यात्रुले थाहा पाउने गरी ब्यवसायीले गाडीमा टाँस्नुपर्नेछ । केही कम्पनीले अनलाइन मार्फत समेत टिकट काट्ने ब्यवस्था गरेका कारण लाइन बस्नु पर्ने बाध्यतामा केही कमी आउने अपेक्षा गरिएको छ ।

दशैंमा १८ देखी २० लाख सम्म यात्रु उपत्यकाबाट बाहिरिने सरकारको अनुमान छ । यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार विहान ७ बजे देखी साँझ ६ बजे सम्म टिकट बुकिङ खुला रहनेछ । 

 


प्रतिक्रिया