साझा युवा संगठनको केन्द्रीय समिति घोषणा हुँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- साझा पार्टीले आंगिक संगठनको रुपमा साझा युवा संगठनको केन्द्रीय समिति आज घोषणा गर्दैछ । प्रमख राष्ट्रिय पार्टीका भ्रातृसंगठनका नेताहरुको उपस्थितीमा साझाले युवा संगठनको घोषणा गर्न लागेको हो । काठमाडौंको राष्ट्रिय

सभामा अपरान्ह २ बजे हुने कार्यक्रममा अब्दुस मियाँको संयोजकत्वमा पहिलो चरणमा २१ सदस्यीय केन्द्रीय समिति घोषणा गर्न लागिएको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

पार्टीको भ्रातृसंगठन नकनाउने बताएको साझा पार्टीले आंगिक संगठन भने बनाउँदै लगेको छ । साझा युवा संगठनलाई भ्रातृसंगठनको रुपमा विकास नगर्ने केन्द्रीय सदस्य परियारको भनाई छ । यसअघि सो पार्टीले आंगिक संगठनको रुपमा महिला र जेष्ठ नागरिक समिति बनाईसकेको छ । 

 


प्रतिक्रिया