कम्युनिष्ट बिचारधाराबाट नेकपा स्खलित हुँदैछ : दाहाल

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट बिचारधारा र आदर्शबाट आफ्नो दल स्खलित हुँदै गएको बताउनुभएको छ । नेतृ सहाना प्रधानको पाचौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले शासन सत्तामा जाने आधारमा पुगेपछि दल कम्युनिष्ट बिचारधारा, आदर्श, निष्ठाबाट स्खलित हुँदै गएको बताउनुभयो । 

सत्ता प्राप्ती अघि कम्युनिष्टले धेरै त्याग गरेपनि सत्तामा पुगेपछि भने आचरण र व्यवहार फरक हुँदै गएको भन्दै अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्तीका लागि बिचारको स्पष्टता आवश्यक रहेको बताउनुभयो । गुट/उपगुट बनाएर लड्नका लागि नभई नयाँ आदर्श स्थापनाका लागि पार्टी एकता गरिएको औंल्याउँदै उहाँले लक्ष्यबाट बिचलित हुन नहुने बताउनुभयो । 

समाजवादको लक्ष्य पुरा गर्न अर्को आन्दोलन र अभियान आवश्यक रहेको अध्यक्ष दाहालको भनाई थियो । मुलुक अब नयाँ युगतिर बढेको भन्दै उहाँले चुनौतीहरुको सामना गर्दै अघि बढ्न नयाँ संकल्प आवश्यक रहेको बताउनुभयो । 

 


प्रतिक्रिया