गृहमन्त्री थापा चढेको हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण

आश्विन ११, २०७६ | रामेछाप

गृहमन्त्री रामबहादुर थापा सवार सेनाको एमआई – १७ हेलिकप्टर रामेछाप विमानस्थलमा अकास्मात अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । 

सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । सो हेलिकप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । 

रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाका अनुसार मध्यान्ह सम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगाएतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ । मध्यान्ह सम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खाना खान मन्थली बजार तर्फ लागेका छन् ।


प्रतिक्रिया